बाख्रापालनमा गुरूङ दाजुभाइलाई अन्धकारमुक्ति साकोसले दियो साथ

पत्रकार,इमान सिं राना

पाल्पा, रामपुर नगरपालिका १० मनभागा छापका राजन कुमार गुरुङ कोरोना महामारी अघिसम्म होटल व्यवसायमा व्यस्त हुनुहुन्थ्यो । २०७६ सालको अन्तिममा नेपालमा पनि कोभिड महामारी फैलिए पछि होटल व्यवसाय ठप्प भयो। यता गाउँमा भएको जमिन बाँझो हुँदै गएको थियो। महामरी फैलिदै गैरहेको * लकडाउन जारी नै रहेको अवस्थामा अन्तत उहाँ जन्मथलो फर्किने निर्णयमा पुग्नुभयो । मेहेनतमा विश्वास राख्नु हुने गुरुङले गमपुर १० मा शिक्षण गर्दै आउनु भएका भाइ राजु गुरुङ संग मल्लाह गरी उन्नत जातको बाखा पालन गर्ने निर्णय गर्नु भयो। विगतमा घरमा परम्परागत रुपमा १/२ वटा बाखा पाल्दै आएकोमा दाजुभाइले बाँझो बनेको जमिनमा घाँस लगाउन र छोर निर्माण गरी व्यावसायिक बाख्रा पालन गर्दै आउनु भएको छ। जिल्ला सदरमुकाम तानसेनमा ६ वर्षदेखि सञ्चालन गर्दै शएको तानसेन श्रीनगर रेष्टुरेण्ट विक्री गरेर गाउँ फर्किनुभएका गुरुङ २०७७ यता व्यावसायिक बाख्रापालन व्यस्त हुनुहुन्छ ।

गुरुङ दाजुभाइले सञ्चालन गर्नु भएको जि एग्रो एण्ड गोट फार्ममा नश्ल सुधार गरी बोयर जातको बीउ बोका, पाठापाठी उत्पादन हुँदै आएको छ । साथै बोयर जातको विउ बीकाको लागि पनि सबैको रोजाई बनेको छ। सुरुवातमा आफ्‌नै पगानीमा अष्ट्रेलियाबाट बोयर जातको १ वटा बोका र ३ वटा माउ ७ लाखको लागतमा ल्याएर दाजुभाइले वाखा पालन सुरु गर्नु भएको थियो । बोयरसंगै स्थानीय खरी बाखा १८ वटा माउ सहित २२ वटा र तराई बाखा तथा जमुनापारी वाखाको माउ समेत खरिद गर्नु भएको थियो । हाल फर्ममा ९० बढी माउ सहित बोका, पाठापाठी गरी १ सय ५० बाखा रहेको छ ।

राजन कुमार गुरुङले सुरुवाती दिन सम्झिदै भन्नुभयो, "कोभिडको कारण एकातर्फ काम विहिन भएको अवस्थामा थिएँ । अर्कोतर्फ गाउँको उर्वर जमिन बाँझो थियो। त्यसैले आफ्नो पुख्र्यौली जमिनको उपयोग गरी बाखा पालन गर्न सुरु गरे ।" अहिले फर्ममा उत्पादन भएको बोयर जातको बीउ बोकाको माग अत्यधिक रहेको उहाँको भनाई छ। "फर्मबाट उत्पादन भएको बोयर जातको बिउ बोका रामपुर नगरपालिका सहित स्याङ्जाको विभिन्न स्थानमा पुगेको छ। माग धेरै छ । पुऱ्याउनै मुस्किल छ । उहाँले भन्नुभयो मासुका लागि खसी स्थानीय बजारसंगै काठमाडौं र पोखरा पठाउने गरिएको छ ।

१५ लाखको लगानीमा सुरु भएको फर्ममा हालसम्म ६० लाख बढी लगानी भैसकेको सञ्चालक राजु गुरुङले बताउनुभयो । विहान झिसमिसेबाटै गुरुङ दाजुभाइसंगै परिवारका २ सदस्य र अन्य ४ जना गरी ८ जना फर्ममा खट्दै आउनु भएको छ ।

बाखाको लागि आवश्यक सिजन अनुसारको घाँस सय रोपनीको आफ्‌नै पुख्यौली जग्गा र १२ रोपनी लिजमा लिएर लगाउँदै आउनु भएको छ। खर्च कटाएर वार्षिक १२ लाखसम्म आम्दानी भैरहेको गुरुङले बताउनुभयो। "हामीले आफ्‌नै लगानी बाट फर्म सुरु गरेका थियौं । अहिले सम्म ६० लाख भन्दा बढी लगानी भैसकेको छ । खर्च कटाएर वार्षिक १२ लाख सम्म आम्दानी गर्न सफल भएका छौं ।" उहाँले भन्नुभयो। फर्ममा ८७ देखि ९९ प्रतिशत सम्मको बोयर बाखा उत्पादन हुँदै आएको छ । सुरुवातमा नश्ल सुधारको लागि २ लाख २० हजार देखि ३ लाख २० हजारसम्म खर्च गरी बोयरको बीउ बोका खरिद गर्नु भएका गुरुङ दाजुभाइले एउटै बोका १ लाख भन्दा बढीको मूल्यमा विक्री गर्नु भएको थियो ।

सुरुवातमा आफ्नै लगानीमा फर्म सञ्चालन गर्नु भएका दाजुभाइलाई पछिल्लो वर्ष फर्म सञ्चालनमा अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले साथ दिएको उहाँहरुको भनाई छ । फर्ममा बाखाको संख्या बढ्‌दै गैरहेको र थप व्यवस्थित गर्न समस्या भैरहेको अवस्थामा अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले साथ दिएको बताउँदै सञ्चालक राजु गुरुङले भन्नुभयो, "क्रमश फर्मलाई आफ्‌नै लगानीमा थप व्यवस्थित बनाएर आकार बढाउँदै गैरहेका थियौं। गत वर्ष लगानीको लागि रकम आवश्यक परेको बेला अन्धकारमुक्तिले साथ दियो ।" युवा उद्यमीहरुको लागि रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत व्याज अनुदान दिदै आएको छ। सोही व्याज अनुदान कार्यक्रममार्फत कृषि, पशुपालन तथा लघुउद्यम गर्न चाहनेहरुको लागि बैंक तथा वित्तिय संस्थामा ऋण लिएकाहरुलाई प्रदान गरिदै आएको छ ।

गुरुङ दाजुभाइले गत वर्ष फर्ममा थप लगानीका लागि १० लाख सहकारीमा माग गरेका थिए। सहकारीमा कारोबार गर्न सहज हुने भएकाले अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा गएर माग गरेकोमा सहकारीले सहजै ऋण प्रदान गरिदिएको राजु गुरुङले बताउनुभयो । "लगानी गर्नका लागि पैसाको आवश्यकता परेकै समयमा सहकारीले लगानी गरिदियो।" उहाँले भन्नुभयो। सहकारीबाट कारोबार गर्दै गर्दा थप फाईदा हुने भएकाले अन्यलाई पनि सहकारी मै कारोबार गर्न सुझाव दिनुहुन्छ ।

सहकारीले सञ्चालनमा ल्याएको मोबाईल एपले कारोबारमा थप सहज बनाएको बताउनुभयो । फर्ममा कार्यरत व्यक्तिहरुलाई तलब संगै गास र आवास सुविधा प्रदान गर्दै आएका गुरुङ दाजुभाइले तलब भुक्तानी पनि सहकारी मार्फत नै गर्ने योजना बनाउनु भएको छ ।

व्यावसायिक बाख्रापालनका लागि घर नजिकैको जमिनमा बाखाको लागि खेल्ने, दाना खुवाउने, बोका र पाठापाठी राख्ने छुट्टाछुट्टै स्थानको निर्माण गरिएको छ । आफ्‌नै घरमा दाना उत्पादन गरेर खुवाउने, हिउँदको समयमा घाँस अभाव हुने भएकाले सिजनको समयको घाँस साईलेज बनाएर राख्ने व्यवस्था पनि गरेको छ । फर्मलाई व्यवस्थित गर्दै ७ सय बढी बाखा पाल्ने योजना रहेको सञ्चालक राजन कुमार गुरुङ बताउनुहुन्छ । रामपुर नगरलाई बाखाको मासु संगै बीउ बोकाको माग पूरा गरेर मात्र बाहिर पठाईने उहाँले बताउनुभयो । सञ्चालक राजु गुरुङले बाख्रा पालन थोरै भन्दा भन्दा धेरै संख्यामा व्यवस्थित तरिकाले पाल्न सकिने बताउनुभयो । साथै वाखा पालन सुरु गरे घाटा भयो भनेर अत्तिन नहुने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, "बाख्रा पालनमा लागेको १ दुई वर्ष मै फाईदा खोज्नु हुँदैन । ३/४ वर्ष कुर्नु नै पर्छ। धैर्यता, निरन्तरको लगाब भयो भने राम्रो आम्दानी गर्न सकिन्छ ।"